विश्वकपका लागि ३२ टोली सार्वजनिक (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विश्वकपका लागि ३२ टोली सार्वजनिक (नामावली सहित)

काठमाडौं, २२ जेठ । यही जुन १४ देखि विश्व फुटबलको महाकुम्भ सुुरु हुँदैछ । त्यसका लागि विश्वकप फुटबलको मैदानमा उत्रिने ३२ टोली हिजो नै सार्वजनिक गरिएको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय (फिफा)ले ३२ टोलीसँगै ती टोलीबाट खेल्ने कुल ७ सय ३६ खेलाडीको नाम पनि सार्वजनिक गरेको छ । केही नयाँ खेलाडीले डेब्यु गर्दा यसपटक कतिपय चर्चित र स्टार खेलाडी भने मैदानमा देखिने छैनन् ।

आयोजक रसिया विश्वकपका लागि सिधै छनौट भएको छ । दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्विया छानिएका छन् भने पेरुले प्लेअफबाट फाइनल राउन्डमा स्थान बनाएको छ ।

सबैभन्दा धेरै युरोपबाट छानिएका छन् । युरोपेली मुलुकहरु जर्मनी, पोर्चुगल, वेल्जियम, पोल्याण्ड, फ्रान्स, स्पेन, स्विजरल्याण्ड, इङल्याण्ड, क्रोयसिया, डेनमार्क छनोटमा परेका छन् ।

यस्तै आइसल्याण्ड, स्विडेन र सर्विया पनि रसिया विश्वपका लागि छनौट भएका छन् । एसिया महादेशबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरेविया छानिएका छन् ।

अफ्रिकी महादेशबाट सेनेगल, टियुनिसिया, इजिप्ट, नाइजेरिया र मोरक्को रसिया विश्वकपका लागि छानिएका छन् । मध्य र उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा छानिएका छन भने ओसियाना क्षेत्रबाट प्लेअफ खेलेर अष्ट्रेलिया पनि विश्वकपको अन्तिम राउन्डका लागि छनौट भएको छ ।

स्वभाविक रुपमा सबैलाई चासो छ, यी टोलीमध्ये यसपटकको विश्वकप कसले उचाल्ला ? योसँगै कुन–कुन खेलाडी मैदान उत्रिएलान् र उनीहरुको प्रदर्शन कस्तो रहला भन्ने चासो पनि उत्तिकै छ ।

फिफाले सार्वजनिक गरेको नामअनुसार यसपटक केही नयाँ अनुहार विश्वकपमा डेब्यु गर्दैछन् भने आमदर्शकले अत्यन्तै रुचाएका र मैदानमा देख्न चाहेका केही स्टार खेलाडी मैदान बाहिरै हुनेछन् ।

स्टार खेलाडीमा गोलरक्षकहरु जियानलुजी बफोन, अर्जेन्टिनाका सर्जियो रोमेरो, स्लोभाकियाका जोन अब्लाक, डिफेण्डरहरुमा डाले ब्लाइण्ड, डेविड अलावा, भान जिक, माउरो इकार्डी, आर्जेन रोविन, अर्टुरो भिदाल, एलेक्स सान्चेज, मेमफिस डिपाए, पिएरे एमरिक औवामेयाङ, एलेकजान्डर लाजाकाटे, अल्भारो मोराटा, लरेय साने, क्रिस्टियन बनेटेके लगायत छन् ।

यसपटक सबैभन्दा बुढा र सबैभन्दा युवा खेलाडीको उमेरबीच नै २६ वर्षको अन्तर छ । इजिप्टका गोलकिपर कप्तान एसा अल हाडारी रसिया विश्वकप खेल्ने टिममा परेका सबैभन्दा बुढा खेलाडी हुन् ।

उनी ४५ वर्ष ५ महिनाका भए । हाडारी विश्वकप खेल्ने टिममा पर्ने मध्ये पनि अहिलेसम्मका सबैभन्दा पाका खेलाडी हुन् । चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा कोलोमबियाका गोलकिपर मोन्ड्रागोनले ४३ वर्षमा खेल्दै कीर्तिमान बनाएका थिए ।

हाडारीले रसिमा विश्वकप खेले उनी विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा बुढा खेलाडी हुनेछन् । यस्तै रसिया विश्वकप खेल्ने टिममा पर्ने सबैभन्दा कान्छा खेलाडी अष्ट्रलियाका ड्यानिएल अर्जानी हुन् । अर्जानी १९ वर्ष ५ महिनाका भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);