दक्षिण अमेरिकी विश्वकप छनौटः अर्जेन्टिना–चिली, ब्राजिल उरुग्वे भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दक्षिण अमेरिकी विश्वकप छनौटः अर्जेन्टिना–चिली, ब्राजिल उरुग्वे भिड्दै

विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत दक्षिण अमेरिकी देशहरुको महत्वपूर्ण खेलहरु हुँदै, शुक्रबार बिहान अर्जेन्टिनाले चिलिसँग र ब्राजिलले उरुग्वेसँग खेल्ने

दक्षिण अमेरिकी विश्वकप छनौटः अर्जेन्टिना–चिली

काठमाडौं । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत यो हप्ता महत्वपूर्ण खेलहरु हुँदैछन् ।

छनौट चरण त्यसअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रकोे खेलहरु भोलिबाट हुँदैछन् । १० देश सहभागी रहेको उक्त क्षेत्रमा विश्व फुटबलमा लामो समयदेखि दबाब कायम गर्दै आएका ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिलीसहितका देश छन् ।

छनौट चरणका अन्तिम खेलहरु आइपुग्दा रुस विश्वकप २०१८ मा स्थान बनाउन सबै टिमबिच कडा प्रतिस्पर्धा छ । १२ वटा खेल सकिँदा २७ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको उरुग्वेको २३ अंक छ ।

समान २० अंक भएका इक्वेडर र चिली तेस्रो र चौथो स्थानमा छन् । फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको अर्जे्न्टिना १२ खेलबाट १९ अंकसहित पाँचौं स्थान तथा कोलम्बिया १८ अंकसहित छैटौं स्थानमा छ ।

 

अब चार खेल मात्रै बाँकी रहेको अवस्थामा सातौं र आठौं स्थानमा रहेका पाराग्वे र पेरुको पनि छनौट हुने सम्भावना छ । छनौट चरण अन्तर्गतको निकै महत्वपूर्ण खेल नेपाली समय अनुसार आउँदो शुक्रबार बिहान अर्जेन्टिना र चिली तथा उरुग्वे र ब्राजिलबिच हुनेछ ।

गएको वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा पनि अर्जेन्टिना र चिलीबिच प्रतिस्पर्धा भएको थियो । त्यसमा चिलीले अर्जे्न्टिनालाई हराएर उपाधि जितेको थियो ।

अर्जेन्टिना त्यो हारको बदला विश्वकप छनौटमा लिन चाहन्छ । चिलीले विश्वकप छनौटमा अर्जेन्टिनालाई अहिलेसम्म हराउन सकेको छैन । उसले सन् १९९६ र २००३ मा अर्जेन्टिनालाई बराबरीमा भने रोकेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);