जर्मनीले हरायो इंग्ल्याण्डलाई, पोडोस्कीको अन्तिम खेलमा दर्शक बने भाबुक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जर्मनीले हरायो इंग्ल्याण्डलाई, पोडोस्कीको अन्तिम खेलमा दर्शक बने भाबुक

विश्व विजेता जर्मनीद्वारा मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड १–० ले पराजित, अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका जर्मन कप्तान पोडोस्कीको विशेष विदाई

जर्मनीले हरायो इंग्ल्याण्डलाई

काठमाडौं । विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई १–० ले हराएको छ ।

विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर ६९ औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका लागि विजयी गोल गरे ।

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डका जेमी भर्डीले पहिलो हाफमा पेनाल्टीको अपिल गरेका थिए तर पाएनन् । साम एलार्डाइस बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा भएका चार खेलमा अपराजित रहेका साउथगेटले प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने इंग्ल्याण्डलाई हारबाट जोगाउन सकेनन् ।

एडम लल्लाना र डेल अलीले पोस्ट प्रहार गरेका थिए तर गोल हुन सकेन । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पोडोस्कीले इंग्ल्याण्डसँगको खेलमा टिमको कप्तानी गर्दै जर्मनीका लागि विजयी गोल गरे । उनको यो विदाई निकै शानदार रह्यो ।

उनलाई डर्टमुण्डको रंगशालमा रहेका दर्शकले उठेर अभिवादन गरेका थिए । जर्मनीको राष्ट्रिय टिमबाट एक सय ३० खेल खेलेका पोडोस्कीले ४९ गोल गरेका छन् ।

सन् २००४ मा सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका उनले सात वटा मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले सन् २००६ को विश्वकपमा बेष्ट योङ प्लेअरको अवार्ड जितेका थिए । पोडोस्कीलाई मैदानमै विशेष कार्यक्रम गरेर विदाइ गरिएको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);