मैत्रीपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी अष्ट्रियासँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मैत्रीपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी अष्ट्रियासँग पराजित

manuel neur

एजेन्सी, २० जेठ । विश्वकपअघिको मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी अष्ट्रियासँग पराजित भएको छ । जर्मनी गएराति भएको खेलमा अष्ट्रियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

अष्ट्रियाले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै दोस्रो हाफमा दुई गोल गरेर जर्मनीलाई ३२ वर्षको अन्तरालपछि पराजित गरेको हो । जर्मनीले खेलको ११ औं मिनेटमा मेसुट ओजिलको गोलमा अग्रता लिएको थियो । तर, ५३ औं मिनेटमा मार्टिन हिन्टेरेगरले बराबरी गोल फर्काए । ६९ औं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गरी अष्ट्रियालाई जित दिलाए ।

गएराति भएको अर्को मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई २–१ ले पराजित गरेको छ । ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान ह्यारी केनले अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोलले पछि परेको नाइजेरियाले दोस्रो हाफको सुरुमै गोल फर्कायो । ४७ औं मिनेटमा एलेक्स इओबीले गोल फर्काएपनि त्यसपछि दुवै टोलीको तर्फबाट थप गोल हुन नसक्दा खेल इंग्ल्याण्डले २–१ गोलअन्तरले जितेको हो ।
England-vs-Nigeria

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);