पोर्चुगलसँग ७–० गोल अन्तरले एन्डोरा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोर्चुगलसँग ७–० गोल अन्तरले एन्डोरा पराजित

एजेन्सी , २७ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पोचुगलले एन्डोरालाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै सानदार जित निकाल्न सफल रह्यो । आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए भने २९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि रह्यो । खेलको ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३–० ले अघि रह्यो ।

त्यसपछि पाउलिन्होले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल, ७६ औं मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता बनायो । ८५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६–० को बनाए । त्यसपछि खेलको ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७–० को जित दिलाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);