पूूर्वमहामन्त्री ढकाललाई कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

पूूर्वमहामन्त्री ढकाललाई कारबाही गर्ने

२०८१,५,११

पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ।
पार्टी कार्यालय वनस्थलीमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो। आजको बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ। ढकाललाई पछिल्लोपटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाएपछि आज कारबाही गर्न लागिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ। जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो। महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न नछोडेपछि रास्वपाले साधारण सदस्यतासमेत खारेज गर्ने तयारी गरेको हो।
यस्तै आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।

Leave a Reply

ताजा समाचार