पीसिआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पीसिआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग

congress corona test

काठमाडौं, १६ असार । नेपाली कांग्रेसले क्वारेन्टीनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

महतले क्वारेन्टीन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । त्यसैगरी कांग्रेसले कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, स्वास्थ्य सामग्री खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरि काम अघि बढाएको बताउनुभएको छ । सह—महामन्त्री महतले स्वास्थ्यमन्त्रीको भनाई उदृत गर्दै भन्नुभयो, ‘‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षणको दैनिक १० हजारको गर्ने गरी तयारी भएको बताउनुभएको छ । आगामीअगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडी बढ्ने भन्ने विषयमा तयारी भइरहेको बताउनुभयो ।’’

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउँद, मोहनबहादुर बस्‍नेत, चन्द्र भन्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);