‘घुम्ती परीक्षण शिविर’ संचालन गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘घुम्ती परीक्षण शिविर’ संचालन गर्न कांग्रेसको माग

nepali congress

काठमाडौं, ३ वैशाख । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण भए÷नभएको जाँच गर्न ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न माग गरेको छ । बुधवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस बिज्ञप्ति जारी गर्दे अहिले सरकारले परीक्षण गर्ने केन्द्र विस्तार गर्नु सकारात्मक भए पनि पर्याप्त नभएको उल्लेख गर्नुभएको छ ।

बिज्ञप्तिमा कोरोना परीक्षणको दायरा निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ्य शिविर’को शैलीमा समुदायसम्म पुर्याउन आवश्यक रहेको उल्लेख छ । नेपाली कांग्रेसले गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तिनै तहका सरकारलाई युद्धस्तरमा समन्वयसाथ कार्य गर्न पनि अपिल गरेको छ ।

बिज्ञप्तिमा कोरोनाको जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ । कांग्रेसले संक्रमणको जोखिम बढेको औल्याउदै लकडाउनको समयावधि थप गर्नु स्वाभाविक भएको जनाएको छ ।

लकडाउनका बाबजुत कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिदै, थपिएको अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन कांग्रेसले अपिल गरेको छ।

लकडाउनको समयमा पनि कोही लुकिछिपी स्वदेश प्रवेश गर्ने नाकामा चौबिसै घण्टा विशेष सावधानी अपनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);