राजपाद्वारा सीमाना कडाइ गर्नुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजपाद्वारा सीमाना कडाइ गर्नुपर्ने माग

rajapa

काठमाडौं, ३ बैशाख । राष्ट्रिय जनता पार्टी राजपाले सीमानामा सुरक्षाकर्मी परिचालन गरी कडाइ गर्नुपर्ने माग गरेको छ । छिमेकी देशहरूमा कोरोनाभाइरस संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै राजपाले सीमानामा अझ निगरानी बढाउनुपर्ने माग गरेको हो ।

राजपाका संयोजक शरदसिंह भण्डारीले बुधबार विज्ञप्ति निकालेर व्यापक सुरक्षाकर्मी परिचालन गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको कारण खुला सीमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्ने उल्लेख छ ।

लकडाउन बढाउने निर्णय स्वागतयोग्य भएको राजपाको भनाइ छ । राजपाले स्वास्थ्यकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);