संकटको घडीमा सरकार गम्भीर बन्न नसकेको कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

संकटको घडीमा सरकार गम्भीर बन्न नसकेको कांग्रेसको आरोप

congress-chaya sarkar

काठमाडौं, ४ वैशाख । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिममा पूरै देश जुधिरहेको संकटको घडीमा कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध गर्नुभउको हो ।

सोमबारको मन्त्रिपरिषदले भूमिसम्बन्धि समस्या समाधान आयोग लगायतमा केही नियुक्ति गरेको थियो। भूमि सम्बन्धि आयोगको अध्यक्षमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित तत्कालीन एमालेका उम्मेद्दार देवि ज्ञवालीलाई नियुक्ति गरिएको छ।

यसप्रति कांग्रेसले असन्तुष्टि जनाएको हो । वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउन अगाडि बढेको कांग्रेसको आरोप छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले पूर्ण रुपमा सहयोग गरेको अवस्थामा पनि सरकार भने गम्भीर बन्न नसकेको कांग्रेसको आरोप छ ।

संसार भरी रहेका नेपालीहरुको मनोबल बढाउन तथा उनीहरुका समस्यालाई संवोधन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);