राष्ट्रियसभाका अध्यक्षद्वारा प्रदेश सभामुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रियसभाका अध्यक्षद्वारा प्रदेश सभामुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल

ganesh-video conference

काठमाडौं, ३ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्नुभएको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गर्नुभएको हो । उहाँले लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको सूचना लिएर सम्बन्धीत निकायमा पु¥याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल प्रदेश सभामुखहरुसंग आग्रह गर्नुभयो ।

प्रदेश सभामुखहरुसंगको छलफलमा अध्यक्ष तिमिल्सिनाले लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने बताउनुभयो ।

भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका थिए ।

प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);