प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग सामुहिक छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग सामुहिक छलफल गर्दै

kp oli

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग सामुहिक छलफल गर्दैछन् ।

प्रदेश सरकार सञ्चालन, प्रदेश सभामा उत्पन्न समस्या र प्रदेशको पूर्वाधार विकासको अवस्था लगायतका विषयमा छलफल हुन लागेको हो । प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएका हुन् । प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभाव समेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारी सहित छलफल गर्ने सरकारको तयारी छ ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनको बारेमा समेत अन्यौल उत्पन्न भइरहेका बेला आजको बैठक डाकिएको हो । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);