मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास वितरण स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास वितरण स्थगित

jilla prashasan

काठमाडौं, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्याधिक मागले लकडाउन उल्लंघन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो ।

लकडाउन प्रभावकारी पार्न वैशाख ३ गतेदेखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । लकडाउनमा अत्यावश्यकीय सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो ।

मंगलबारबाट जिल्ला प्रशासनले अनलाइनमार्फत ई–पास लिन सकिने व्यवस्था मिलाएको थियो । अत्यावश्यकीय कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने जनाइएको छ । त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ ।
SWARI PASS_1

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);