सनसिटी बस्ने २९६ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सनसिटी बस्ने २९६ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

rapid test suncity

काठमाडौं, ३ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट,आरडीटी किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गरिएको छ ।

उक्त अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २ सय ९६ जनाको बुधवार र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । उनीहरु सबैको रिपोर्टमा कोरोना संक्रमण नभेटिएको जनाइएको छ ।

उक्त अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो । ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भएको छ ।

गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो ।

उक्त अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । सबैको परीक्षण सक्न ३ देखि ४ दिन लाग्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);