सनसिटी अपार्टमेन्टमा बस्नेहरुको आरडीटीबाट कोरोना परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सनसिटी अपार्टमेन्टमा बस्नेहरुको आरडीटीबाट कोरोना परीक्षण सुरु

suncity

काठमाडौं, ३ वैशाख । दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको आरडीटीबाट कोरोना परीक्षण थालिएको छ ।

हिजो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जना मध्ये २ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । अपार्टमेन्टमा ५ सय परिवारका १ हजारजनाभन्दा बढी बस्दै आएको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरु सबैको र्यापिड डाइगोनेस्टिक टेष्ट आरडीटीबाट परीक्षण शुरु गरेको हो । परीक्षणमा स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षणको काम भइरहेको छ ।

सनसिटीमा पाँच वटा ब्लक छन् । गत चैत ८ गते भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकमा बस्नेहरूको परीक्षण शुरु गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);