काठमाडौं महानगरद्वारा विदेशबाट आएका नागरिकको र्‍यापिड टेष्ट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं महानगरद्वारा विदेशबाट आएका नागरिकको र्‍यापिड टेष्ट सुरु

corona rapid test kmc

काठमाडौं, ७ वैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण भए-नभएकोबोर र्‍यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्‍यापिड टेष्ट थालिएको हो ।

आइतबार महानगरले वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै त्रास फैलिरहेको र त्यसलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमानै देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);