सात दिन यता नयाँ कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सात दिन यता नयाँ कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

health ministry press

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको स्पष्ट गरेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले थप नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा थप नयाँ बिरामी भेटिएको छैन । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यकामा ६७ जना उपत्यकाबाहिर रहेका छन् ।

नेपालमा हालसम्म गरिएका ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले बिगत २४ घण्टामा ८ सय ९७ जनाको नमुना संकलन गरिएको जानकारी दिनुभयो । मुलुकभर ८ हजार ८२ जना क्वारेन्टाइमा रहेको र उनीहरुको नमुना संकलनको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा बसेका सबैको र्या्पिड टेष्ट हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी ७७ वटै जिल्लामा ¥यापिड टेस्टका लागि उपकरण र स्वास्थ्यकर्मी पठाइएको र अधिकांश जिल्लामा र्या्पिड टेष्ट सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा ¥यपिड टेष्टबाट परीक्षण सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

काठमाडौंमा वीर अस्पतालबाट कोरोना परीक्षण सुरु भइसकेको र आइतबारबाट टेकु अस्पतालमा पनि परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);