युवाहरुले सुरु गरेको सत्याग्रहमा नेपाली कांग्रेसकाे ऐक्यवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युवाहरुले सुरु गरेको सत्याग्रहमा नेपाली कांग्रेसकाे ऐक्यवद्धता

काठमाडाैं, १२ साउन । कोरोनाको सबल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहमा नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समूहका युवाहरुलाई सोमबार भेटगरी कोरोना नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता रहेको बताउनुभएको हो ।

उहाँले युवाहरुले कोरोना नियन्त्रणका लागि राखेको जायज मागप्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यवद्धता जनाएको उल्लेख गर्नुभयो । शर्माले कोरोना संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको बताउनुभयो ।

इनफ इज इनफ समूहका युवाहरु १० दिनदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका हुन । सरकारले गत असार २३ गते माग पूरा गर्न लिखित सहमति जनाएको थियो । तर सहमति कार्यान्वयन नभएपछि युवाहरु सत्याग्रहमा बसेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);