कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक गर्न आग्रह गर्दै भारतको पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक गर्न आग्रह गर्दै भारतको पत्र

kalapani

दार्चुला, १२ साउन । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको भारतीय जिल्लाका अधिकारीले पत्र लेख्दै कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र दाबी गर्दै त्यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका हुन ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई यही जुलाई १४ मा पत्र पठाएर उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधीकारीले नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका हुन् । ती समूहले संचारमाध्यमको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा लेखिएको छ ।

भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले नयाँ नक्सा प्रकाशित गरिसकेको छ । नेपालले भने भारतको पत्रबारे कुनै जवाफ नदिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);