झुटा र उच्छृंखल समाचार प्रसारण गर्ने भारतीय मिडियाविरुद्ध अनेरास्ववियु (भिडियाेसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झुटा र उच्छृंखल समाचार प्रसारण गर्ने भारतीय मिडियाविरुद्ध अनेरास्ववियु (भिडियाेसहित )

काठमाडाैं, २९ असार । भारतीय मिडिया पछिल्लो पटक नेपाल विरुद्ध खनिएका छन । पछिल्लो पटक भारतीय मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध व्यक्तिगत आक्षेप मै ओर्लिएर अफबाह फैलाउने गरी गलत र भ्रामक समाचार प्रशारण गरेपछि त्यसविरुद्ध नेपालमा चौतर्फी विरोध भइरहेको छ । नेपाल विरुद्ध भ्रामक समाचार प्रसारण गरेकोमा चौतर्फी विरोध भएपछि नेपालमा भारतीय संचार माध्यमको प्रसारण अहिले रोकिएको छ । नेपाल विरुद्ध अफवाह फैलाउने र सीमा अतिक्रमण गर्ने भारतीय सीमामा सिलबन्दी गर्न अनेरास्ववियुले माग गरेको छ ।

लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया नेपालविरुद्ध खनिन थालेका हुन । नयां नक्सा जारी भएपछि चीनको ईशारामा नेपालले भारत विरोधी गतिविधी गर्दै आएको भन्दै भारतीय मिडियाले भ्रामक समाचार प्रशारण गर्दै आएका थिए । झूटा र कपोलकल्पित सूचनाहरू भारतीय मिडियाले प्रसारण गरेपछि नेपालमा भारतीय मिडियाको विरोध शुरु भएको हो । नीजि केवल अपरेटरले भारतीय न्यूज च्यानल बन्द गरी विरोध शुरु गरे पछि अन्य विद्यार्थी संगठनले समेत भारतीय मिडियाको विरोध गरेका छन् । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुले नेपालको सार्वभौमिकता माथि ढुंगा हान्ने काम गरेको भन्दै भारतीय मिडियालाई सच्चिन आग्रह गरेको छ ।

भारतीय मिडियाले विश्व स्तरमा नेपालको दुस्प्रचार गरिरहेको भन्दै नेपाललाई हेर्ने दृष्टिकोणमा भारतले सच्याउनु पर्ने अनेरास्ववियुको ठहर छ । त्यसैगरी भारतले सिमा विवादमा वार्ता नगरी वेवास्ता गरेको भन्दै भारतको हेपाह प्रवृत्ति घट्नुको सटृा झनझन बढेकोमा अनेरास्ववियुले भारतसंगको सिमा विवाद कांडेतार लगाएरै भएपनि संधैको लागि अन्त्य गर्नु पर्ने माग समेत गरेको छ ।

भारतले नेपालको ६ सय वर्गकिलोमिटर भन्दाबढी भूमि अतिक्रमण गरेको छ । नेपाल भारत सीमा जोडिएका ७३ ठाउँमा भारतको कारण सीमा विवाद छ । नेपालको कालापानी क्षेत्रमा भारतले सेना राखी कव्जा गरेको र नवलपरासीको सुस्ता क्षेत्रलाई भारतले कव्जा गर्दै आएको छ । त्यतिले नपुगेर भारतीय मिडियाले नेपाली समुदायको आस्था र राष्ट्रियतामाथि प्रहार गर्ने दुष्प्रयास गरिरहेको छ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृंखल समाचार प्रसारण भएकोमा बल्ल नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । नेपाल विरुद्ध भ्रामक समाचार प्रशारण गर्ने भारतीय संचार माध्यम र भारतविरुद्ध विभिन्न विद्यार्थी संघसंगठनहरुले विरोध गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);