भारतीय दूतावास अगाडि अनेरास्ववियूको विरोध प्रदर्शन (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

भारतीय दूतावास अगाडि अनेरास्ववियूको विरोध प्रदर्शन (फोटो फिचर)

anerasobiyu pradarshan

काठमाडौं, २२ कात्तिक । भारतले नेपाली भूभाग मिचेको विरोधमा सत्तारुढ नेकपाको बिद्यार्थी संगठन अनेरास्वबियूले शुक्रवार काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने भारतले नेपाली भूभाग मिचेको भन्दै भारतबिरोधी नारा लगाएका थिए ।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध नाराबाजी गरेको हो । विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नगरे भारत विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ । विरोध प्रर्दशनपछि आयोजित कोण सभामा अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनु भएको हो ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध हुँदै आएको छ । यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुवावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);