सीमा मिचिंदा सडकमा उत्रेर विरोध गर्न नपाईने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सीमा मिचिंदा सडकमा उत्रेर विरोध गर्न नपाईने ?

sima sadak pradarshan

काठमाडौं, २४ कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समावेश भएको विरोधमा भारतको चौतर्फी विरोध र आलोचना भईरहेको छ । सडकमा दिनहुँजसो भारत विरोधी स्वरहरु गुन्जीरहेकाछन । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समावेश गर्दा विरोधमा सडकमा प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेको छ ।

आफ्नो देशको जमिन मिचिदा कसलाई दुख्दैन र आाफुलाई अरुले हेपाहा प्रबृती देखाउदा को आक्रोसित हुदैन र यतिबेला हरेक नेपालीलाई दुखेको छ । हरेक नेपाली आक्रोसित बनेकाछन । आफ्नो देशको जमीन मिचिदा यतिबेला बिधार्थी यूवाहरु लगायत बृद्धबृद्धा पनि सडक तताउन आन्दोलनमा होमीएकाछन ।

आइतबार माईतीघर मण्डलामा भएको विरोध कार्यक्रमा बृद्धबृद्धा, यूवा तथा बिधार्थीहरुको बाक्लो उपस्थित रहेको थियो । उनीहरुले भारतले आफ्नो नक्शाामा समावेस गरेको नेपालको भुभाग लिपुलेक लगायत अन्य भुभाग लाई नक्शााबाट हटाउनुपर्ने भन्दै चर्का नाराबाजी गरेका थिए ।

आफ्नो मातृ भूमि मिचिएको टुलुटुलु हर्न नसकी सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । के नेपालको सीमा मिचिंदा सडकमा उत्रिएर भारतको विरोध गर्न नपाईने ?

सडकमा उत्रेका सर्वसाधारणले भारतले नेपालको भुभाग फिर्ता नगरे कडा आन्दोलनमा जाने र सीमाको विषयलाई सरकारले कुटनीतिक पहल गरी तत्काल समाधान गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

नेपाल सरकारको कुटनीतिक कमजोरी र राजनीतिक दलहरुको भारत परस्त नीतिको फाइदा उठाउँदै भारतले मिचाह प्रवृति दोहोराउँदै आएको छ । सीमा समस्याको बारेमा दुई देशबीच पटकपटक छलफल हुने गरे पनि भारतीय वेवास्ताका कारण समाधान हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);