पानी जहाज कार्यालय स्थापनाको ८ महिनासम्म पनि कानूनी मस्यौदा बनेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पानी जहाज कार्यालय स्थापनाको ८ महिनासम्म पनि कानूनी मस्यौदा बनेन

pani jahaj karyalaya

काठमाडौं, २४ कात्तिक । सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनासम्म पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा समेत तयार पार्न नसकेको पाइएको छ ।

सरकारले पानी जहाज छिट्टै संचालन गर्ने उद्देश्य लिएपनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा निर्माणको काम समेत अघि बढाउन नसकेको नेपाल पानी जहाज कार्यालयले जनाएको छ ।

आवश्यक कानुनी अभावका कारण सो कार्यालयले पानी जहाज रुट पहिचानको कामलाई समेत अघि बढाउन नसकेको कार्यालयका शाखा अधिकृत बल्लभ विष्टले स्विकार गर्नु भयो । उहाँले एकीकृत पानी जहाज ऐन निर्माणको कामलाई अघि बढाइएको भएपनि त्यसलाई अन्तिम रुप दिन बाँकि रहेको पनि जानकारी दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते सो पानी जहाज कार्यालयको स्थापना गर्नु भएको थियो । तर पानी जहाज कार्यालय स्थापना भएको यतिधेरै समयसम्म पनि त्यसको कानुनको मस्यौदा बन्न सकेको छैन ।

कानुनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन सकेको छैन । सप्तकोसी, नारायणी र गण्डकी नदीमा पानी जहाज तत्काल संचालन गर्ने सरकारको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);