दुई वर्ष भित्रमा हिन्द र प्रसान्त महासागरमा पानी जहाज कुदाउने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दुई वर्ष भित्रमा हिन्द र प्रसान्त महासागरमा पानी जहाज कुदाउने प्रधानमन्त्रीको दाबी

Pm Oli

आफ्ना सबै घोषणा कार्यान्वयन गरेरै छाड्ने दृढता

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र हिन्द महासागर र प्रसान्त महासागरमा नेपाली झण्डावाला पानी जहाज कुदाएर देखाउने बताएका छन् ।

आज काठमाडौँमा आयोजित २९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पूर्वघोषणा अनुसार २०७६ सालभित्र पानी जहाज कुदाएर देखाउने बताएका हुन् ।

मंगोलिया र स्विजरल्यान्डजस्ता भुपरिवेष्ठित देशले प्रशान्त महासागरमा जहाज कुदाएको उदाहरण देखाउँदै ओलीले आफ्ना घोषणालाई मजाक बनाउनेहरु दुई वर्षपछि स्तब्ध हुने दाबी गरे ।

यसअघि प्रधानमन्त्री हुँदा ओलीले पानी जहाज किन्ने र हिन्द-प्रसान्त महासागरमा नेपालको झण्डा फहराउने, पानी जहाजमार्फत सामान ओसार्ने घोषणा गरका थिए । ओलीको उक्त घोषणा मनोगत भएको भन्दै कतिपयले विश्वासयोग्य नभएको बताउँदै आएका थिए ।

तर, दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले २०७६ सालभित्र रेल कुदाएर देखाउने गरी तयारी अघि बढाएको दाबी गरेका छन् । यस्तै ओलीले काठमाडौं उपत्काभरी रेल कुदाउने घोषणा पनि गरेका छन् । उक्त घोषणाअनुसार काम भइरहेकाले त्यो पनि दुई वर्षभित्र कार्यान्वयन हुने ओलीको भनाइ छ ।

युवालाई योजनाका आधारमा कर्जा

अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले युवालाई उद्यमशीलतामा लगाउन योजनाका आधारमा कर्जा दिने घोषणा पनि गरेका छन् । यसअघि शैक्षिक प्रमाणपत्रका आधारमा निर्व्याजी ऋण दिने योजना कार्यान्वयन नभएका बेला ओलीले उद्यमशीलताको योजनाअनुसार कर्जा दिर्ने घाषणा गरेका हुन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले ७ सय ५३ स्थानीय तहका हरेक वडामा लघु उद्योग स्थापना गर्ने घोषणा गरे । लघु घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।

यस्तै हाते तानबाट ढाका बुन्ने, चिउरा कुट्ने, माटोको भाडा बनाउने, हाते कागज बनाउने, रेशम उत्पादनलगायतका प्रविधि पनि प्रर्दशनीमा राखिएका छन् । प्रदर्शनीमा देशभरबाट ३ सय बढी उद्यमीहरुको सहभागिता रहेको छ । प्रदर्शनी चैत १३ गतेसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);