रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

oli modi

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ ।

भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ मिलेको हो । यद्यपी ओलीले नेपालमा जहाज चलाउनेभन्दा पनि विदेशमा नेपाली झन्डा रहेको जहाज चलाउने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले समुन्द्रदेखि नेपालसम्म्म पानी जहाज सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका हुन् ।

निकै महँगो परियोजना रहेको भए पनि सप्तकोशी उच्च बाँधसँग समेत जोडिने जलमार्ग सञ्चालन गर्न भारतले सहयोग गर्ने घोषणा गरेको हो  । चीनले काठमाडौंलाई आफ्नो रेल सञ्जालले जोड्ने प्रसंग चलिरहेका बेला भारतले पनि उस्तै घोषणा गरेको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);