नेपाली बालबालिका भारतमा अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाली बालबालिका भारतमा अलपत्र

children

काठमाडौं, २५ चैत । जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो ।

दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ ।
सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो । भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् । तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);