मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडाैंमा पानी जहाज कार्यालयको उद्घाटन :

काठमाडाैं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले ललितपुरको एकान्तकुनामा एक कार्यक्रमकाबीच नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश गरेको उद्घोष गरे । प्रधानमन्त्री ओलीले केही महिना भित्रै मुलुकमा पानी जहाज संचालन हुनेगरी आवश्यक स्थान, जनशक्ति र योजनासहित मुलुक अघि बढेको स्पष्ट पारे ।

उनले पानी जहाज आउँदैनकि भन्नेहरुलाई केही महिना पर्खेपछि पानी जहाज संचालनमा आउने र टिकट पाईने पनि बताए । प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानी जहाज चलाउने योजनाले अव साकार रुप लिन लागेको बताए ।

उनले नेपालमा रेलमार्ग भन्दाअघि जलमार्ग संचालनमा आउने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय केहीलाई जागिर खुवाउन नभई देशलाई एक कदम अघि बढाउनका लागि संचालनमा ल्याइएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा सो कार्यालय स्थापना गरिएको र अव छिट्टै राष्ट्रिय झण्डा बाहक पानी जहाज कुदाउने दावी गरे ।

नेपालमा पहिलो पटक २०२७ सालमा पानी जहाज कार्यालय संचालनमा आएपनि अघि बढ्न सकेको थिएन । प्रधानमन्त्री ओलीले भने कार्ययोजनासहित पानी जहाज कार्यालय स्थापना गरका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रहने गरी स्थापना गरिएको सो कार्यालयको प्रमुख रजिष्ट्रार रहने व्यवस्था गरिएको छ । सो कार्यालयमा रजिष्ट्रार, उपसचिवसहित १६ जना कर्मचारीको व्यवस्था गरिएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । कार्यालयलाई पानी जहाजको दर्ता र पानी जहाज मार्गको व्यवस्थापन सम्बन्धि सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले पानी जहाज खरिदका लागि आवश्यक व्यवस्था गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्विकृति दिईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);