सप्तकोशीमा स्टिमर सञ्चालन भएपछि पर्यटकको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सप्तकोशीमा स्टिमर सञ्चालन भएपछि पर्यटकको घुइँचो

saptakoshi steamer

अबिजाल बिष्ट

विराटनगर, ३० चैत ।  विराटनगर चतरामा रहेको सप्तकोशी नदीमा अहिले जलयात्रा गर्ने पर्यटकहरुको घुइँचो लागेको छ । सप्तकोशी नदीमा पानी मोटर वोट जहाज तथा स्टिमर सञ्चालन भएपछि जलयात्रा गर्ने आन्तरिक तथा वाहय पर्यटकहरुको घुईचो लागेको हो ।

विराटनगरको चतरामा सप्तकोशी नदीमा मोटर बोट जहाज तथा स्टिमर सञ्चालनमा आएपछि त्यहाँ जलयात्राका लागि पुग्ने पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । विराटनगर विमानस्थलबाट करिब ३५ किलोमिटरको यात्रा तय गरेपछि चतरास्थित सप्तकोशी पुगिन्छ । पुर्व पश्चिम राजमार्गको बैकल्पिक राजमार्ग यही सप्तकोशी नदिमा बनेको नयाँ पुल हँुदै काठमाडौ पुग्न सकिन्छ । चतराबाट सप्तकोशीमा जलयात्रा शुरु हुन्छ ।

यसरी पानी मोटर बोट, पानी जहाज सञ्चालनमा आएपछि एकातिर यहाँ जलयात्रामा रमाउन आउनेहरु दंग छन् भने त्यहाँ वरीपरीका स्थानीयहरुलाई सामाग्री ढुवानीमा पनि सहज भएको छ । चतराबाट पहाडीक्षेत्रमा सामान ढुवानी गर्न जहाजको प्रयोग हुने गरेको छ । चतराबाट बराह क्षेत्र मन्दिर पुग्न पैदल यात्रा करिब ६ घण्टा लाग्छ भने गाडीबाट एक घण्टामा पुगिन्छ तर पानी मोटर बोट जहाजबाट भने पाँच मिनेटमा नै बराहक्षेत्र मन्दिर पुगेर फर्कन सकिन्छ ।

यस क्षेत्रमा अहिले तीन वटा कम्पनीको पाँच वटा जहाज सञ्चालनमा छन् । तीन कम्पनी मध्ये एकको नेपाल मै बनेको मोटर बोट जहाजलाई आठ हजार आठ सय ४८ नाम दिएर सञ्चालनमा ल्याइएको छ । करिब एक करोड ७५ लाखमा निर्माण गरिएको सो पानी जहाजले २६ जना यात्रु लिएर पहाडका विभिन्न स्थानसम्म पुगेको छ भने यसले जम्मा ३ टनसम्म वजन बोक्न सक्छ । अरु जहाज भन्दा क्षमता बढी भएको र यात्रुका लागि जीवन बिमा समेत गरिएको छ ।

विराटनगरबाट प्रदेश १ मा पानी जहाजको यात्रा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गा, भोजपुर, धनकुटा, लगायतका विभिन्न स्थानमा पुग्न सकिन्छ । चतराबाट भोजपुरको सिम्लेसम्म पानी जहाज चल्ने गरेको छ । कोशीको बिच भागमा ज्यानमारे ढुङ्गा समस्याको रूपमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);