आठ वर्ष बित्दासम्म विद्यालयको भवन नबन्दा पठनपाठन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आठ वर्ष बित्दासम्म विद्यालयको भवन नबन्दा पठनपाठन अस्तव्यस्त

bidhyalaya rukum

रुकुम पश्चिम, ३० चैत । आठ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको श्री त्रिभुवन जनता मा.वि.को १५ कोठे भवन नबन्दा पठनपाठनमा असहज भएको छ ।

भारतीय दुतावासको सहयोगमा दुई करोड ६८ लाखमा निर्माण शुरु भएको विद्यालय भवन आठ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन । भवन नबन्दा विद्यालयको पठनपाठन अस्तव्यस्त भएको छ । आर्थिक वर्ष २०६७-०६८ सालबाट निर्माणकार्य शुरु भएको भवन ठेकेदारको ढिलाईको कारण बन्न नसकेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।

विद्यालय भवन निर्माणको जिम्मा डा. सुर्य खड्काको स्वच्छनद कन्ट्रसनले पाएको थियो । जिम्मा लिने निर्माण कम्पनी सम्पर्कमा नआएको विद्यालयले जनाएको छ । भवन निर्माण सम्पन्न नहुँदा विद्यार्थीहरु एउटै कक्षामा धेरै जना बसेर पढ्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);