चमतिमा भैरव र कुमारीको सामुहिक पुजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चमतिमा भैरव र कुमारीको सामुहिक पुजा

काठमाडौं, ३० चैत । काठमाडौंको चमतिमा भैरव र कुमारीको सामुहिक पुजा गरिएको छ । श्री पञ्चकुमारी सामाजिक संस्थाले शनिबार भैरव र कुमारीको सामुहिक पूजाको आयोजना गरेको हो ।

भैरव र कुमारी पुजाका लागि १२ बर्ष मुनिका बाल बालिकालाई सिंगारपटार गरि बालकलाई भैरव र बालिकालाई कुमारीको प्रतिकका रुपमा पुजेर खानेकुरा, बस्त्र लगायत दिईएको थियो ।

विशेष गरेर शिव र शक्तिको प्रतिकका रुपमा हरेक बर्ष कुमारी र भैरवको सामुहिक पुजा हुदै आएको श्री पञ्चकुमारी सामािजक संस्थाका अध्यक्ष पुरुषोत्तम महर्जनले जानकारी दिए । भैरव र कुमारीको सामुहिक पुजाका लागि श्रद्धालुहरुको उल्लेख्य भीड लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);