पर्सामा एक हजार घर बनाउने सरकारको योजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ साउन, पर्सा । सरकारले अतिविपन्न नागरिकलाई लक्षित गरी आर्थिक वर्ष २०७३/७४ मा जनता आवास कार्यक्रममार्फत पर्सामा एक हजार घर निर्माण गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म एउटै घर बन्न सकेका छैनन् । केही घरका लागि जग खन्ने काम भएको छ भने केही स्थानमा इटासम्म खसाइएको छ ।

 

समयमा घर नबन्दा विपन्न नागरिकले यसपटकको वर्षात् पनि त्रिपाल र छाताकै सहारामा काटिरहेका छन् ।

 

दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्ने गरेका विपन्न नागरिकले वृद्धभत्ता र एकल महिला भत्ताबापत आएको पैसा खर्चेर भएको पुरानो घर भत्काउने र जग खन्ने काम गरेका छन् । उनीहरुलाई कहिले घर भत्काएपछि त कहिले जग खनेपछि पैसा दिइन्छ भन्ने आश्वासनमात्र दिने गरिएको छ ।

 

घर निर्माण भइरहेको ढिलासुस्ती र कमसल सामग्री प्रयोगबारे सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साले भने अनभिज्ञता दर्शाएको छ ।

 

जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउने जिम्मा डिभिजन कार्यालयकै हो । तसर्थ, डिभिजन कार्यालयले अतिविपन्न नागरिकको आवास अधिकार पूरा गर्न ढिलासुस्ती गर्नु हुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);