कांग्रेस नेताहरुद्वारा नेतृत्वलाई दबाब, निर्वाचन केन्द्रीत रणनीति बनाउनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

साउन २४, काठमाण्डौँ । नेपाली कांग्रेसका नेताहरुले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवार तय गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

मंगलवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेस नेताहरुले छिटो उम्मेदवार तय गरि निर्वाचन केन्द्रित रणनीति बनाउन नेतृत्वलाई दबाब दिएका हुन् । कांग्रेस नेता डाक्टर नारायण खड्काले बैठकमा टिकट वितरणका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने तथा निर्वाचनको मिति तोक्ने विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तरगत ८ वटा जिल्लाको १ सय २७ वटा स्थानीय तहको निर्वाचन हुँदै छ । कांग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवार चयनमा ढिलाई हुँदा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने बिषयमा पार्टीका नेताहरुको धारणा माग्नुभएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);