अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको संख्या सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा १० प्रतिशत कम रहेको छ । आगन्तुकको प्रमुख स्रोतका रूपमा न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ । कुल छोटो अवधिका आगन्तुकमध्ये न्युजिल्याण्डका नागरिकको हिस्सा १८.९ प्रतिशत रहेको छ । त्यसपछि चीन र संयुक्त राज्य अमेरिका रहेका छन् । राज्य तथा क्षेत्रअनुसार न्यु साउथ वेल्समा सबैभन्दा धेरै छोटो अवधिका आगन्तुक पुगेका छन् ।
त्यहाँ २ लाख ४७ हजार ४१० वटा आगमन रेकर्ड भएको छ । यसको विपरीत, टापु राज्य टास्मानियामा सबैभन्दा कम अर्थात ८४ हजार ३२० वटा आगमन भएको तथ्यांकले देखाएको छ । यसैबीच, जुलाईमा विदेश भ्रमणपछि अस्ट्रेलियाली बासिन्दा स्वदेश फर्किएका १२ लाख ५० हजारभन्दा बढी छोटो अवधिका फिर्ती यात्रा रेकर्ड भएका छन् । यो अघिल्लो वर्षको जुलाईको तुलनामा ३.८ प्रतिशतले बढी र सन् २०१९ को जुलाईको तुलनामा ११.४ प्रतिशतले बढी हो । विदेश भ्रमणबाट फर्किने अस्ट्रेलियालीका लागि इण्डोनेसिया सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । कुल छोटो अवधिका विदेशबाट फर्किएका यात्रामध्ये इण्डोनेसियाबाट फर्किनेको हिस्सा १५.१ प्रतिशत रहेको छ । त्यसपछि न्युजिल्याण्ड र बेलायत रहेका छन् ।
This website uses cookies.