बाजुरा, १२ जेठ । बाजुराको बुढिनन्दा नगरपालिका–२ कोल्टीमा निर्माणाधीन जनप्रकाश माध्यामिक विद्यालयको भवन निर्माण अलपत्र भएको छ ।
भारतको सहयोगमा निर्माणाधीन सो विद्यालयको भवन ठेकेदारको लापरबाहीले अलपत्र भएको हो । सम्झौता भएको २ बर्षमा २० प्रतिशत मात्र काम भएको छ ।
भवनको अभावमा विद्यालयले एउटै कोठामा १ सय बढी विद्यार्थीहरु राखेर पढाउने गरेको छ । गाल्वा निर्माण सेवाले ४ करोड ४४ लाख ७२ हजारको लागतमा बनाउने जिम्मा लिएको थियो ।




