बाजुरामा ६८ विकास आयोजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बाजुरामा ६८ विकास आयोजना अलपत्र

bikash nirman alapatra

मदन विश्वकर्मा
बाजुरा, १४ असार
। ठेकेदारको लापर्बाहीले बाजुरामा ६८ वटा विकासका आयोजना अलपत्र अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयले काम नगर्ने ठेकेदार कम्पनीको सूची गृहमन्त्रालयमा पठाएको छ । सरकारले छानबिन गरि काम नगर्ने कम्पनीलाई कारवाही गर्ने तयारी गरेको छ ।

बजुरामा अधिकांश विकासका आयोजना अलपत्र अवस्थामा छन् । सम्झौता अनुसार ठेकेदार कम्पनीले काम नगर्दा आयोजनाहरु अलपत्र भएका हुन् । ४२ वटा विद्यालय भवन, १३ वटा ग्रामिण सडक, ६ वटा स्वास्थ्य चौकीको भवन गरि ६८ वटा आयोजना अलपत्र भएका हुन् । गुईगाढखोलाको पुल ८ वर्ष, काँडा स्वास्थ्य चौकी भवन ७ वर्षदेखि अलपत्र अवस्थामा छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयको भवन, सरकारी वकिलको कार्यालय भवन, जिल्ला खेलकु्द विकास समितिको निर्माणाधीन कवर्डहल पनि बन्न सकेको छैन । सरोकारवाला निकायले ध्यान नदिँदा आयोजनाको निर्माण हुन नसकेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यलय बाजुराले ६८ वटा आयोजना अलपत्र भएको विवरण गृहमन्त्रालयमा पठाएको छ । निर्माणधीन भवनहरु समयमा निर्माण सम्पन्न नहुँदा कामकाज प्रभावित भएको छ ।

प्रशासनले अलपत्र आयोजानको विवरण गृहमा पठाएपछि ठेकेदार कम्पनीले समयमै निर्माण गर्ने बताएका छन् । ठेक्का सम्झौता गरेर समयमा काम सम्पनन नगर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याउन सरोकारवालो माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);