सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक : अध्यक्ष दाहाल

prachanda-1

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताएका छन् । सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालले सगरमाथाले विश्वकै जनतालाई एकतावद्ध बनाउने काम गरेको बताए ।

अध्यक्ष दाहालले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सिताको पनि उपस्थिति रहेको थियो । दाहालका स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);