पर्यटन प्रवर्द्धनमा पाँचपोखरीको फड्को | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटन प्रवर्द्धनमा पाँचपोखरीको फड्को

सिन्धुपाल्चोक,१६ मङसिर। पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन सुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको सुरुवात सोमबार बागमती प्रदेसका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको हो ।

मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोहि माया गुरुङको संयोजनमा रुट अध्ययन सहिताको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न् गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

समुहमा ३ नम्बर वडा अध्यक्ष निमा छिरीङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ,पर्यटन सल्लाहकार सोमर बोम्जन , पहिलो तामाङ सगरमाथा आरोहि महिला कान्छीमाया तामाङ, सगरमाथा आरोहि दावा जाङ्बु शेर्पा ,क्लाइम्बिङ लिडर तुलसिंग गुरुङ रहनेछन् ।

प्रारम्भीक अध्ययन र उदेश्यबारे जानकारी गराउन सोमबार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रममा बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासंग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो ।

यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिक रुपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तब्यको रुपमा अगाडि वढ्ने गाँउपालिका अध्यक्ष टासि लामाको भनाई छ । काठमाडौबाट सबैभन्दा नजिकको गन्तब्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासंग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउपालिकासंग जोडिएको छ ।

उत्त ट्रेकिङ रुट खुलाउन अध्ययन हुन लागेको र नया हिमालको नामाकरण सहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रबद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गको लागि तिलमन पासलाइ महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);