इलाममा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलाममा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यू

इलाम,१६ मंसिर। इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । फाफोकथुम गाउँपालिका स्थित लुम्देमा सोमबार बेलुकी पिकअप दुर्घटना हुँदा दुइ जनाको मृत्यू भएको हो ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटना माइ नगरपालिका ९ का दिनेश लिम्बू मृत्यू भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नबिनराज राईका अनुसार दुर्घटनामा परि सचिन राई र बिकास तामाङ घाइते हुनु भएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल तर्फ ल्याइँदै गरिएको छ । को २ च १५ नम्वरको पिकअप तरकारी बोकेर झापा तर्फ जाँदै गरेको थियो ।

साँझ परेको र घाइतेलाई उपचारमा लैजानु परेकाले घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरी प्रमुख राईको भनाई छ । पिकअप सडकबाट निकै तल झरेको स्थानियको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);