बर्दिवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दिवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाईते

mahottari accident

बर्दिबास, १८ मंसिर । बर्दिबास नगरपालिका अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना २ च ८८५५ नम्बरको यात्रु बाहक पिकअप अनियन्त्रीत भई सडकबाट तल खस्दा २ जनाको मृत्यु हुनुका साथै १४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धनुषाधाम घर भएका सकुन्तलादेवि महतो तथा भारत जयनगर घर भएका तनिया देवि महतो रहेका छन् । मंगलबार राति गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गईरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको घाईतेको भनाई छ ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवास स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ । पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);