बाजुराको कोल्टी बजार दुर्गन्धित बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

बाजुराको कोल्टी बजार दुर्गन्धित बन्दै

kolti bazar bajura

बाजुरा, १८ मंसिर । बाजुराको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो कोल्टी बजार अहिले दुर्गन्धित बन्दै गएको छ । बजारमा अव्यवस्थित ढलको पानीले गर्दा सुख्खायाममा पनि हिलाम्मे तथा दुर्गन्धित भएको हो । समस्या समाधानका लागि स्थानीय निकायलाई अनुरोध गर्दा पनि कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

देशको दुर्गम जिल्ला बाजुरामा पानीको हाहाकार, विजुली बत्ती नहुनु, यातायातको कठिनाई जस्ता समस्या भोग्दै आएका बाजुराबासीलाई अहिले अव्यवस्थित ढलको दुर्गन्धले सताएको छ । ढलको पानीले सुख्खायाममा पनि बाजुराको कोल्टी बजार हिलाम्मे बनेको छ । तर, अव्यवस्थित ढल निकासको व्यवस्थापनमा कसैले चासो दिएको देखिँदैन । स्थानीय भने त्यही ढलको पानीबाट बचेर दुर्गन्ध सहँदै हिड्न बाध्य छन् । स्थानीय सरकारलाई समस्याको बारे जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ ।

सदरमुकाम मार्तडी पछिको मुख्य बजार कोल्टीको लाल्टीन बजार देखि बगेको ढल तल्लो बजारसम्म बगेर दुर्गन्धीत बनेको छ । दुर्गन्धले गर्दा स्थानीयहरुमा रोगको संक्रमण हुन थालेको र यसको समयमै नगरपालिकाले ध्यान नदिएमा ठुलो महामारी फैलीन सक्ने नागरिक अगुवाहरु बताउँछन् ।

यता नगरपालिकाले भने समस्या समाधानका लागि ठुलो बजेटको आवश्यक पर्ने भएकोले नगरपालिकाले त्यसको व्यवस्थापनमा जुटेको आश्वासन दिएको छ । बजार व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाइ माग गरेकोले केही महिनामा नै यसको समाधान निस्कने बुढिनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताउनु भयो ।

यतिबेला सवारी साधनको उचित पार्किङको व्यवस्था र सडकमा सवारी साधनको चाप बढेसगँै बजारलगायत आसपास क्षेत्र झनै कुरुप बन्दै गएको छ । त्यसैले गर्दा पनि स्थानीय तहमा भौतिक पुर्वाधार व्यवस्थापन चुनौती बनेको छ । कोल्टी बजारवासीलाई दैनिकीमा नै असर गरिरहेको ढल निकासको समस्यालाई समयमा नै व्यवस्थित गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);