बझाङको सदरमुकाम चैनपुरमा ढल निकास नहुँदा दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बझाङको सदरमुकाम चैनपुरमा ढल निकास नहुँदा दुर्गन्धित

ललित सिंह
बझाङ, ७ चैत । बझाङको सदरमुकाम चैनपुरमा ढल निकास नहुँदा अस्तव्यस्त भएको छ । ढलको व्यवस्थित निकास नहुँदा सदरमुकाम बजार दुर्गन्धित भएको छ । सडक क्षेत्रमा ढल फैँलिदा हिड्डुल गर्न समेत कठिन भएको छ । बर्षौदेखिको ढलको समस्या समाधान गर्न सरोकारवाले चासो दिएका छैनन् ।

बझाङको सदरमुकाम चैनपुर ढलमय भएको धेरै समय भयो । व्यक्तीको घरबाट निस्किने ढलको निकास नहुँदा चैनपुर ढलमय भएको हो । ढलको निकास नहुँदा सदरमुकाम दुर्घन्धित हुनुका साथै ढलबाटै आवात जावत गर्नुपर्ने स्थानीयको बाध्यता छ ।

नगरपालिकाले फोहोर उठाउन गाडी राखेको छ । तर नगरपालिकाले फोहोर उठाउने गरेको छैन । फोहोर ढलमा गएर थुप्रदा बजार क्षेत्रको पसल भित्रै ढल पुग्ने गरेको छ । जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले फोहोर प्रत्येक दिन उठाउने गरेको दाबी गर्दै ढलको व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

प्रशासनिक कामका लागि जिल्लाभरका नागरिक सदरमुकाम चैनपुर आउने गरेका छन् । तर चैनपुर ढलमय हुँदा नागरिकलाई हैरानी भएको छ । तत्काल ढलको व्यवस्थापन गर्न चैनपुरबासीले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);