इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, ७ चैत । नेपालका ईन्जिनियरहरुको १५ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसनको आयोजनामा बुधबारबाट शुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ ।

सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपालमा राजनीतिक एजेण्डा पूरा भईसकेकाले अव नेपाली जनतालाई विकास चाहिएको बताए । उनँले  विकास विना न सरकार न मन्त्रीहरु सफल हुने अवस्था रहेकाले सबै विकासको अभियानमा लागेको बताए ।

उर्जामन्त्री वर्षमान पुनले देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसो गर्न नसकिए देशभक्ति भन्ने कुरा भाषणमा मात्र सिमित हुने उनको भनाई छ ।

सम्मेलनमा देशभरका ईन्जिनियरहरुको सहभागिता रहेको छ । सम्मेलनबाट नेपालको भौतिक पूर्वाधार निर्माणको कामले तीव्रता पाउने अपेक्षा पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);