फागुन १६ र १७ गते साना किसान सम्मलेन आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

फागुन १६ र १७ गते साना किसान सम्मलेन आयोजना हुँदै

sana kishan sammelan

काठमाडौं, १३ फागुन । यही फागुन १६ र १७ गते काठमाडौंमा ‘साना किसान सम्मेलन’ आयोजना हुने भएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको हो ।

साना किसानको समृद्धि, कृषि रुपान्तरण र उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न साना किसान सम्मेलन आयोजना गर्न लागिएका साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका उपाध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पाठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको सम्बन्धित क्षेत्रका विज्ञहरु समेत सहभागी हुने सम्मेलनमा साना किसान विकास कार्यक्रमबारे विस्तृत छलफल हुने एजेन्डा पनि तय गरिएको बताए ।

सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्था, साना किसान विकास बैंक र यस क्षेत्रमा कार्यरत नीति निर्मातासहितको सहभागिता रहने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);