राष्ट्र बैंकद्वारा ग्रामिण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

राष्ट्र बैंकद्वारा ग्रामिण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

rastra-bank

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको हो ।

३० वर्षदेखि नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले संचालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पु-याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

२०४७ साल फागुन १७ गते मन्त्रीपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको सो कोषमा करिव १ अर्व पूँजी रहेको पनि गभर्नर नेपालले बताउनु भयो ।

ताजा समाचार