राष्ट्र बैंकद्वारा पुनर्कर्जाका लागि आवेदन माग | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्र बैंकद्वारा पुनर्कर्जाका लागि आवेदन माग

nepal rastra bank

काठमाडौं, १७ पुष । नेपाल राष्ट्र बैंकले एकमुष्ट रूपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आव्हान गरेको छ ।

शुक्रबार राष्ट्र बैंकले सूचना जारी गर्दै पुनर्कर्जाको आवेदन १६ माघभित्र बुझाइसक्न आव्हान गरेको हो । बैंकले गत १२ साउनमा जारी गरेको कोरोनाबाट अति प्रभावित, मध्यम प्रभावित क्षेत्रहरूमा प्रवाहित कर्जाका लागि आवेदन दिन योग्य हुनेसमेत स्पष्ट पारेको छ ।

आवेदन दिनका लागि माग गरिएको कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २० प्रतिशतसम्म हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक र वित्तीय संस्थाबाट मात्रै आवेदन भएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकेको छ ।


आवेदन दिँदा अधिकतम् मात्रामा समेट्ने गरी आवेदन दिनुपर्ने तथा आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने समेत उल्लेख छ ।

राष्ट्र बैंकसँग अहिले ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ । जसमा ५ गुणासम्म पुनर्कर्जा दिन सक्नेछ । पुनर्कर्जा ५ प्रतिशत ब्याजदरमा १ वर्षसम्म चलाउन पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);