३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसक्यो, फेरी गर्नुपर्ने अवस्था छैन : हितेन्द्रदेव शाक्य | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसक्यो, फेरी गर्नुपर्ने अवस्था छैन : हितेन्द्रदेव शाक्य

काठमाडौं, १७ पुष । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ ।

केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताउनुभयो ।

अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताउनुभयो । उहाँले अनावश्यक रुपमा विजुली काटने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिदा लोडसेडिङ भन्न नमिल्ने पनि बताउनुभयो ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविश्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताउनुभयो ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत आग्रह गर्नुभयो । तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताउनुभयो ।

यस्तै कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रसितशतले बढेकोमा अवको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको बताउनुभयो ।

यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएपनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);