मंगलबार शेयरबजार परिसूचक नेप्से ४.४५ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मंगलबार शेयरबजार परिसूचक नेप्से ४.४५ अंकले बढ्यो

काठमाडौं, ३१ असार । मंगलबार शेयरबजार परिसूचक नेप्से ४ दशमलव ४५ अंकले बढेको छ ।  आर्थिक बर्षको अन्तिम कारोवारमा शेयर बजार सकारात्मक रहेर बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९७ अंकले बढेर २ सय ७१ दशलमव २५ अंकको बिन्दुमा पुगेर बन्द भयो ।

मंगलबार १ सय ६१ कम्पनीका १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर खरिदबिक्री भई ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ ।

जसको ५ करोड ७८ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार सर्वाधिक कमाउनेमा नबिल इक्विटी फण्ड रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव १२ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा अरुण खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव १६ प्रतिशतले घटेको छ । मंगलबार ११ वटै उपपरिसुचकहरुमा सबै समूहहरुमा हरियाली छाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);