अनुगमनका नाममा सरकारले मानमर्दन गरेको व्यवसायीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अनुगमनका नाममा सरकारले मानमर्दन गरेको व्यवसायीको गुनासो

udhyogi ko gunaso

काठमाडौं, १३ फागुन । उद्योगीहरुले सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीको मानमर्दन गर्ने काम गरेको भन्दै गम्भीर आपत्ती जनाएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ ले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उद्योगीहरुले हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीका कारण आफुहरु मारमा परेको गुनासो गरेका हुन् ।

उनीहरुले निश्चित मापदण्ड बनाएर अनुगमनलाई मर्यादित बनाउन सरकारसंग माग गरे । त्यसैगरी उद्योगीहरुले बैकको चर्को व्याजदर प्रति पनि आपत्ति जनाएका छन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विद्यमान व्याजदरमा सम्मृद्धि संभव नभएको भन्दै व्याजदर घटाउनु पर्ने उल्लेख गरे ।
महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले बैकहरुको बढी व्याजदरका कारण लागत बढ्न गएकाले यथाअवस्थामा उद्योग संञ्चालन गर्न नसकिने बताए । उनले श्रृण प्रवाहमा रहेका जटिलतालाई परिमार्जन गरि सहज बनाउनुको साथै व्याजदर घटाई व्यवसायीलाई औद्योगिक सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);