ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ आयोजना हुने

krishi patrakar sammelan

ललितपुर, १४ फागुन । ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ । प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै आगामी बिहीबारदेखि ललितपुरमा राष्ट्रिय प्राङगारिक कृषि मेला आयोजना गर्न लागिएको हो ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा कृषि बिभागका महानिर्देशक प्रकाश सञ्जेलले रासायनिक मलले मानव स्वास्थ्यमा पारेको असर न्यूनिकरण गर्न र प्राङगारिक कृषिको आवश्यक्ताबारे जानकारी दिन मेला गर्न लागिएको बताए ।

मेलामा प्राङगारिक कृषि खेतीबारे जानकारी दिने खालका १ सय २५ वटाभन्दा बढि स्टल रहनेछन । मेलामा करिव २५ लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ । प्राङगरिक कृषि खेतीमा जोड दिन आह्वान गर्दै सरकारले १२ वर्षयता सो मेला आयोजना गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);