कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

२० माघ, चितवन ।
कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । “प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन,पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा मेला सुरु भएको हो

कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

२० माघ, चितवन ।
कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । “प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन,पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा मेला सुरु भएको हो ।प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने , प्राङ्गारिक उपजहरुको सबैले उपभोग गराउन प्रोत्साहन दिने , विषादियुक्त मीलावट खेतीको अन्त्य गर्ने र मानव शरिरमा भएका रोगहरुको कारणले जुन पैसा खर्च भइरहेको छ त्यसलाइ रोक्ने तथा विसादी युक्त खाना बाट मानव स्वस्थ्यमा हुने असर बारे जनचेतना फैलाउनलाइ मेलाको आयोजना गरीएकोे जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताउनु भएको छ ।

कृषि व्यवसाय प्रवद्धन कार्यक्रम,सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय,दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ २४ गते सम्म संचालन हुने भएको छ । मेलामा किसानहरुले प्राङ्गारिक मलले उत्पादित कृषि वाली,फलफुल,तरकारी,माछा,विभिन्न प्रकारका आधुनिक कृर्षियन्त्रका साथै मौलिक खानाको प्रर्दशनी रहेको थियो भने मेलामा विभिन्न खालका सुदुरपश्चिमको संस्कृती झल्कने साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरीएको थियो । मेलामा १२५ स्टल रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);